अपराध

१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१६ वर्षीया बालिकालाई  जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
Concept of a violence against women. Black and white portrait of scared and desperate woman, focus on the hands in protective gesture

८ मंसिर -प्युठान, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ऐरावती गाउँपालिका-५ झिबाङ बस्ने २१ वर्षीय प्रकाश बोहरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

प्रकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिजुवार समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…