१६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

९ माघ-झापा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-८ झारवारी बस्ने ३१ वर्षीय कृष्ण कुमार राजवंशीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

 

कृष्णले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट जुरोपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्