लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ

झापा र मोरङको छुट्टा छुटै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेका छन ।
बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरीको टोलिले झापाको कन्काई नगरपालिका ४ स्थितबाट सोही स्थानका ४२ बर्षीय प्रेम बिश्वकर्मा र १७ बर्षीय सलिन आलमलाई शंकालागी चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट १ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
यसैगरी ईलाका प्रहरी उर्लाबारीबाट खटिएको प्रहरीको टोलिले प्रदेश १-०२-०५० प ५४४४ र मे. ५ प ८८२४ नम्बरको मोटरसाईकल चेकजाँचको क्रममा मोटरसाईकल चालक उर्लाबारी नगरपालिका ४ का ३१ बर्षीय अर्जुन श्रेष्ठको साथबाट २ ग्राम ४९० मिलिग्राम र सन्जय प्रधानको साथबाट ४ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका चारैजनाको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको छ
स्रोतः खबर ट्युब टिभी

प्रतिक्रिया दिनुहोस्