९ माघ-काठमाडौं, झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका बालेन्द्र साह अहिले चुनाव प्रचारप्रसारमा व्यस्त छन् । उनी झापाबाट इलाम, पाँचथर हुँदै ताप्लेजुङ पुगेका छन् ।
अहिले चुनाव प्रचारमा उनले प्रयोग गरेको गाडी र पहिरनको चर्चा भइरहेको छ । गरिबको चमेली बोलीदिने कोही छैन भन्दै गीत गाउने बालेन अहिले करोडौंको गाडीमा चढेर प्रचारमा छन् । त्यसमाथि उनले चढेको उक्त करोडौंँको गाडी उद्योगपतिको भएको बताइएको छ ।

उनले चढेको बागमती प्रदेश ०१ ०३३ च ४३४३ नम्बरको ल्याण्डरोभर डिफेन्डर टप भेरियन्ट गाडी हो । जुन गाडी नेपालमा उच्च मूल्य पर्ने लक्जरी मोडेलमध्ये पर्छ। कम्तीमा २ करोडबाट शुरु हुने ल्याण्डरोभरका गाडीहरु पछिल्लो भेरियन्टको मूल्य आठ करोडसम्म पर्दछ । उक्त गाडी करेन्ट चाउचाउका मालिक कमल मालपानीका छोरा नितेशको नाममा रहेको बताइएको छ ।
यस्तै उनले लगाएको ज्याकेटको मूल्य पनि हजारौँ पर्ने देखिएको छ । उनले लगाएको एडिडास कम्पनीको टेरेक्स ज्याकेटको नेपाली मूल्य करिब ३५ हजार पर्दछ ।
करेन्ट चाउचाउ र करेन्ट गुट्खा उत्पादन गर्ने मालपानी राजस्व छली, सुपारी तस्करी, श्रम शोषण र नागरिकता विवादका कारण लामो समयदेखि विवादमा छन्।








प्रतिक्रिया दिनुहोस्