७ माघ – काठमाडौं, आज बुधबार शेयर बजार घटेको छ ।

नेप्से परिसूचक आज ९.४३ अंकले घटेर २,७०५.३८ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३५ अंक, फ्लोट इण्डेक्स ०.५७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंकले घटेको छ ।
आज कारोबार रकम पनि घटेको छ। बुधबार ३२४ स्टकमा ८९,७६६ पटकको कारोबारमा ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार रुपैयाँ बराबर २ करोड १६ लाख ४१ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्