४ माघ -काठमाडौं, नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा पक्ष निर्वाचन कार्यतालिका स्थगित गर्न माग गर्दै निर्वाचन आयोग पुगेको छ ।

काँग्रेसको आधिकारिकता गगन थापा पक्षले पाएपछि मुद्दा लिएर सर्वोच्च अदालत पुगेको देउवा पक्षले निर्वाचन कार्यतालिका स्थगनको माग पनि अघि सारेको हो ।
निर्वाचन आयोगले माघ ६ गतेलाई प्रत्यक्षतर्फको उम्मदवारी दर्ता गर्ने मिति तोकेको छ ।
देउवा पक्षले थापा पक्षलाई आधिकारिकता दिने आयोगको निर्णयविरूद्व दायर रिटको सुनुवाई पनि माघ ६ गतेलाई नै तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्