१ माघ – काठमाडौं, मधेस प्रदेशबाट परिवर्तनको यात्रा शुभारम्भ हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले बताएका छन् ।
माघ ५ गते जनकपुरधामबाट राजनीतिक सभा सुरु हुने उनको भनाइ छ । त्यसको व्यवस्थाबारे अहिले तयारी भइरहेको उले बताएका छन । पार्टी सभापति रवि लामिछाने र पार्टीका नेता बालेन्द्र साहले उक्त सभालाई सम्बोधन गर्ने उनको भनाइ छ ।

माघ ५ गते जनकपुरमा सभा आयोजना गर्ने घोषण गरेका छौँ । व्यवस्थापनबारे पनि तयारी भइरहेको छ । यसपटक पार्टीका सभापति रवि लामिछाने र आगामी निर्वाचनबाट भावी प्रधानमन्त्रीको रूपमा अघि बढाएर जाने प्रस्ताव राखेका बालेन्द्र शाहज्यू सम्मिलित पहिलोपटक राजनीतिक सभा हुँदै छ, उनले भने ।
न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्