२ किलो सुनसहित २ जना पक्राउ

 भदौ ३- रसुवा, दुई किलो सुनसहित रसुवाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो शनिवार बेलुका सुनका दुई वटा बिस्कुट सहित सुदीप शेर्पा पक्राउ परेका थिए । उनले छातीमा कपडाभित्र लुकाएर सुन बोकेका थिए । शेर्पासँग सोधपुछका क्रममा सोही ठाउँकै फुर्साङ्बु शेर्पाले सुन दिएको पाइएपछि फुर्साङ्बुलाई पनि पक्राउ गरिएको रसुवाका प्रहरी प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

 

सुन कहाबाट तस्करी भएर आएको हो वा नेपालभित्रैबाट कारोबार भइरहेको हो भन्नेबारेमा नखुलेको पनि उहाँले बताउनुभयो । सुन र पक्राउ परेका दुई जनालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको डीएसपी बुढाथोकीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्