हर्क साम्पाङको सुनसरी-१ बाट चुनाव लड्ने घोषणा

२३ पुष- धरान, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी-१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने घोषणा गरेका छन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत सुनसरी-१ बाट उम्मेदवार बन्ने घोषणा गरेका हुन्।

साम्पाङले लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो! जय देश!’

प्रतिक्रिया दिनुहोस्