२१ पुष- काठमाडौं, नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खडका र रमेश लेखकले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

अध्यक्ष ओलीसँग भेटवार्ताका लागि खड्का र लेखक ओली निवास गुण्डु नै पुगेका थिए । भेटमा समासामायिक साथै निर्वाचन लगायतका विषयमा छलफल भएको बताइएको छ ।
भेटमा राष्ट्रिय सभामा नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीबीच तालमेल गर्ने समझदारी भएको छ। सिट बाँडफाँडबारे पनि लगभग कुरा मिलिसकेको बताइएको छ । जसमा कांग्रेसले ७ सिट, एमालेले ६ सिट, नेकपाले ४ सिट र उपेन्द्र यादव नेतृत्वको जसपाले १ सिट पाउने समझदारी बनेको छ।
प्रतिक्रिया दिनुहोस्