अपराध

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
Concept of a violence against women. Black and white portrait of scared and desperate woman, focus on the hands in protective gesture

६ पुष -धनकुटा, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका-८ सान्ताङ बस्ने २९ वर्षीय मान बहादुर राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राईले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…