सरकार असफल भएको आरोप लगाउदै जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा

६ पुष- काठमाडौं, मिराज ढुंगानाले आइतबार संयुक्त जेनजी आन्दोलन घोषणा सभामा सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन । उनले प्रधानमन्त्री सुशीला कार्कीको गतिविधिको चर्को आलोचना समेत गरेका छन् ।

उनले सरकारले गरेको कामको चित्त नबुझेर नै आन्दोलनका उत्रिन लागेको बताए । ढुंगानाले प्रधानमन्त्री पदमा कसको समर्थनमा पुगेको हो भन्ने प्रश्न समेत उठए । उनले शान्ति–सुरक्षाप्रति सरकार उदासीन रहेको आरोप लगाउँदै भने ‘शान्ति सुरक्षाका लागि सरकारले के गरिरहेको छ रु जनतालाई थाङ्नामा सुताउने काम स्वीकार्य नहुने समेत भने ।

ढुंगानाका अनुसार जेनजी आन्दोलनका प्रमुख एजेण्डामा संवैधानिक सुधारसहित राज्यको पुनःसंरचनात्मक परिवर्तन, राजनीतिक स्थिरता, निष्पक्ष न्याय, सुशासन, भ्रष्टाचार नियन्त्रण तथा भ्रष्टाचारीमाथि कडा कारबाही रहेका छन्।

त्यसैगरी दिगो विकास र समृद्धिका लागि सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभा गठन गरी सर्वसम्मत सुधार प्रक्रिया तय गर्नुपर्ने माग पनि उनले अघि सारे । आन्दोलनका क्रममा आफ्ना माग राखेकै आधारमा जेनजी अभियन्तामाथि लगाइएका मुद्दा खारेज गर्न, पक्राउ परेका निर्दोष युवालाई तत्काल रिहा गर्न उनले सरकारसँग माग गरे ।

ढुङ्गानाले देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गर्दै भोलि ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्