करेन्ट लागेर एक विद्यार्थीको मृत्यु

सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजविराजस्थित शिव इन्टरनेसनल सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययरत १५ वर्षीय पेसलानन्द यादव रहेको प्रहरीले जनाएको छ । राजगढ गाउँपालिका १ झुटकी बस्ने लक्ष्मणप्रसाद यादवका छोरा पेसलानन्दको विद्यालयमै बिजुलीको तारमा हुकिङ्ग गर्ने क्रममा ११ हजारको भोल्टको तारमा करेन्ट लागेर ज्यान गएको हो ।

विद्यालयले नै विजुलीको तारमा हुकिंग गर्न भनेपछि उक्त घटना भएको भन्दै विद्यार्थीहरु छानबिन र क्षतिपूर्तिको माग गर्दै केही बेर सडक जाम र टायर बालेर गरेर प्रदर्शन गरेका थिए । अहिले अवस्था साम्य भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्