अमेरिकाले ७५ जना नेपालीलाई डिपोर्ट (देश निकाला) गर्यो

४ पुष- काठमाडौं, अमेरिकाबाट ६ जना महिलासहित ७५ जना नेपालीलाई डिपोर्ट (देश निकाला) भएका छन । अमेरिकाले उनीहरुलाई चार्टर्ड विमानमा राखी काठमाडौं पठाएको छ।

डोनाल्ड ट्रम्पले दोस्रोपटक अमेरिकी राष्ट्रपतिको शपथ लिएयता अमेरिकाले ४६३ जना नेपालीलाई डिपोर्ट गरिसकेको छ । यसअघि गत भदौ १९ गते अमेरिकाले यसैगरी एकैदिन ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरेको थियो ।

उक्त चार्टर्ड विमान अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपाली काठमाडौं आइपुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्