अन्तर्राष्ट्रिय अन्तर्वार्ता

आँप बोकेको लरी पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु

आँप बोकेको लरी पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु

३० असार  भारत,  भारतीय दक्षिणी राज्य आन्ध्र प्रदेशमा आँप बोकेको लरी पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ, साथै अन्य ११ जना घाइते भएका छन ।

अन्नामया जिल्लाको पुल्लमपेटा क्षेत्रमा आइतबार राति लरी दुर्घटना भएको हो । लरीमा करिब ४० टन आँप तथा २० जना कामदारहरू लोडको माथि बसेकाले लरीले नियन्त्रण गुमाइ दुर्घटना भएको हो ।

 

लरी पल्टिएपछि आँपका टोकरीहरू मजदुरहरू माथि परेका कारण केहीको निधन भएको र केही कामदार घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि स्थानीय र आपतकालीन कर्मचारीले घाइतेहरूलाई उद्धारका गरी अस्पताल लगेका थिए ।

-एजेनसी

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…