शेयर बजार आज १०.६६ अंकले घट्यो

३ पुष – काठमाडौं, आज शेयर बजार १०.६६ अंकले घट्यो। बजार घटे पनि नेप्सेको कारोबार रकममा भने सामान्य वृद्धि भएको छ ।

साताको अन्तिम दिनको कारोबार घटेर २६१५.०३ विन्दुमा रोकिएको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । यसदिन कुल ३२९ स्टकको ४ अर्ब ५७ करोड ७८ लाख २७ हजार रुपैयाँको १ करोड १२ लाख ९१ हजार ४०१ कित्ता शेयर किनबेच भएको छ । यो किनबेच ६४ हजार पटकको कारोबारमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्