महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनालाई

 

युईएफए महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनाले जितेको छ ।

नेदरल्यान्डसको आइन्ड होभनमा गएराति भएको फाइनलमा उल्भ्सबर्गविरुद्ध तीन दुई गोल अन्तरको जित निकाल्दै बार्सिलोनाले उपाधि उचालेको हो । बार्सिलोनाका लागि पेट्रीसिया गुइजारोले दुई र फ्रिडोलिना रोल्फले एक गोल गरिन । उल्भ्सबर्गका लागि इवा पेजोर र पोपले गोल गरेपनि जितका लागि पर्याप्त भएन । बार्सिलोनाले लगातार ३ सिजन फाइनल खेल्दा दोस्रो पटक उपाधि जित्न सफल भएको हो ।

उल्भ्सबर्गले भने सन् २०१४ मा उपाधि जिते यता उपाधि जित्न सकेको छैन ।।

प्रतिक्रिया दिनुहोस्