२ पुष -स्याङ्जा, वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पुतलीबजार नगरपालिका-९ बस्ने ७० वर्षीया कृष्ण कुमारी गुरूङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत स्याङ्जाको २०५५ जेठ २५ गतेको फैसलाले उक्त मुद्दामा ९९ हजार १ सय ५० रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरू लोड हुँदैछन्…