नेता शेखर कोइराला र सभापति देउवाबीच भेटघाट

१ पुष- काठमाडौं, आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला बीच भेटघाट भएको छ।

मंगलबार क्रियाशिल वितरण समितिले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारवाही सिफारिस फुकुवा लगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई लिएर सभापति भेट्न गएका हुन् ।

भेटमा कोइरालाले क्रियाशिल वितरण समितिले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पठाएको र यसले पार्टीभित्र देशैभर जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवालाई बताएका छन । उनले बिना नम्बरका ति फारम तत्काल फिर्ता गरि नयाँ फारम पठाउँन निर्देशन दिन देउवालाई आग्रह गरे । कोइरालाले ती बिना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुनै नसक्ने पनि बताए ।

अनुशासन कारवाहीका सम्बन्धमा देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबैको कारवाही फुकुवा गरि पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा राखे । २०७९ को निर्वाचनको गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाको भनाइ थियोे ।

प्रतिक्रिया दिनुहोस्