अन्तर्वार्ता समाज

सप्तकोसी नदीमा बगेर बेपत्ता भएकी अनिताको शव भेटियो

सप्तकोसी नदीमा बगेर बेपत्ता भएकी अनिताको शव भेटियो

१ भदौ – धरान,  धरान-१६ कि सप्तकोसी नदीमा बगेर बेपत्ता भएकी १९ वर्षीय अनिता राईको शव भेटिएको छ। उनको शव सुनसरीको बराहक्षेत्र- ९ स्थित राजाबासको कोसी किनारामा भेटिएको छ ।

शुक्रबार बराहक्षेत्र मन्दिरको दर्शन गरि फर्कने क्रममा चतराको दुधपानी खोला तर्ने क्रममा उन बगेर सप्तकोसीमा बेपत्ता भएकी थिइन्।

शवको सनाखत गरी पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।


अनिता बुवा जीवन राईसँग मोटरसाइकलमा बराहक्षेत्र मन्दिर दर्शन गर्न गएकी थिइन् । दर्शन गरेर फर्कने क्रममा दुधपानी खोला तर्नेक्रममा बगाएर दुवैजनालाई ५० मिटर तल रहेको सप्तकोसीसम्म लगेको थियो । बुवा जिवनलाई तत्काल स्थानीयले उद्दार गरेका थिए । अनिता भने सप्तकोसीमा डुबेर बेपत्ता भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…