अपराध

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
Concept of a violence against women. Black and white portrait of scared and desperate woman, focus on the hands in protective gesture

२ मंसिर – ओखलढुंगा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-४ काफलबोट बस्ने १९ वर्षीय सुनिल खतिवडालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुनिलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा विमानस्थल सुरक्षा गार्ड रूम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बारा, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जीतपुरसिमरा उपमहानगरपालिका-१६ टाङिया बस्ती बस्ने ४० वर्षीय सोम बहादुर भोलनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…