ट्याक्टर सडकबाट ५० मिटर खसेर दुर्घटना, १ जनाको मृ’त्यु

३० कार्तिक -इलाम, ट्याक्टर सडकबाट ५० मिटर खसेर दुर्घटना हुँदा १ जनाको मृ’त्यु भएको छ।

 

घटना सन्दकपुर गाँउपालिका २, गोरुवाले भञ्ज्याङस्थित सडकमा इलामबाट पाँचथरतर्फ (नेपाली कागज बनाउन प्रयोग हुने) लोक्ताको लोड बोकेर जाँदैगरेको प्रदेश १-०२-००३-त ३४०२ नं को ट्याक्टर दुर्घटनामा परेको हो ।

ट्याक्टरमा सवार पाँचथर फिदिम नपा १४ का अन्दाजी ३३-३४ वर्षे सोम राईको घटनास्थलमा मृ’त्यु भएको छ भने सोही ट्याक्टरमा सवार फिदिम १३ का अन्दाजी ४५ वर्षे टंक तामाङ र त्यही ठेगानाका अन्दाजी ४० वर्षे युद्धकुमार राई घाइते भएका छन्।

ट्याक्टर चालक संखुवासभा मकालु गाउॅपालिका ३ का २३ वर्षे बिकुल पराजुली तत्काल फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्