१३ असोज- हुम्ला, जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्षमाथि हमला भएको छ ।सुर्खेत जाने क्रममा कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आइतबार बेलुकी करिब ६ बजे छेडागाड नगरपालिका–५, चङ्खेलीमा हमला भएको हो ।
अध्यक्षमाथी हमला भएपछि बचाउन गएका कुशे गाउँपालिका–४ का नवराज शाही र दिपेन्द्र सिंह गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ। अध्यक्ष बस्नेतलाई भने सामान्य चोट लागेको छ ।प्रहरीका अनुसार शाही र सिंहलाई चक्कु प्रहार भएको हो । अध्यक्षसहितको टोलीमाथि कुशे गाउँपालिका–४ का नवराज शाही, प्रकाश बस्नेत र रामु बस्नेतले आक्रमण गरेका छन ।
घटनापछि आक्रमणकारी फरार रहेका छन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्