१० असोज- चितवन, नारायणगढ–मुग्लिन सडक खण्डमा गएको रातिदेखि सहज रूपमा यातायात आवत जावत भइरहेको छ । उक्त सडक खण्डको तुइन खोलामा शुक्रबारदेखि पटक पटक गरी खसेको पहिरोका कारण लामो समय सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि बिहीबार राति ११ः ३५ बजेदेखि तुइन खोलामा दुईतर्फी सडक आवागमन भएको छ ।
राति नै रोकिएका सबै सवारी गन्तव्यतर्फ पठाइएको छ । निकै मेहनतका साथ काम गरेकाले ठुलो पहिरो भए पनि सोचेभन्दा छिटो काम सकिएको भन्दै उनले हाल चितवन हुँदै आवतजावत गर्ने यात्रुका लागि सबै सडक सञ्चालन रहेको छ।
प्रतिक्रिया दिनुहोस्