राति घरको छतबाट खसेर एकजनाको मृत्यु

८ असोज- विराटनगर, मंगलबार राति घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ।

छतबाट खसेर विराटनगर महानगरपालिका-११ का ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेलको मृत्यु भएको हो। उनि ३ तले घरको छतबाट खसेका थिए। राति छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराट नर्सिङ होम पु¥याइएको थियो। अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ।

 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्