जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

७ असोज- रौतहट, मौलापुर नगरपालिका-९ सोनारनियास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २५ वर्षीय महेश मुखिया समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ६ सय ७५ नेपाली रूपैयाँ, ३ हजार ५ सय भारतीय रूपैयाँ र तास ५ बुक सहित पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्