नागरिकता बनाउन झुठा विवरण पेश गरी सिफारिस गरेको आरोपमा वडाध्यक्ष पक्राउ

६ असोज – मलंगवा, नागरिकता बनाउनका लागि झुठा विवरण पेश गरी सिफारिस गरेको आरोपमा एकजना वडाध्यक्ष पक्राउ परेका छन । उनि सर्लाहीको पर्सा गाउँपालिकाका वडाध्यक्ष हुन ।

पर्सा गाउँपालिका-४ का वडाध्यक्ष सुबोध राय यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । चारजना शंकास्पद व्यक्तिहरूको नागरिकता बनाउन सिफारिस गरेको आरोपमा उनि पक्राउ परेका हुन । जिल्ला प्रशासन कार्यालय सर्लाहीको चलानी नं.११२९१ र मिति २०८१ अषाढ ३ गतेको पत्रानुसार वडाध्यक्ष यादवलाई पक्राउ गरीअनुसन्धान सुरू गरिएको छ।

 

यादव असोज ५ गते पक्राउ परेका हुन । नागरिकतासम्बन्धी कसुर मुद्दा जिल्ला अदालत सर्लाहीबाट १५ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्