युक्रेनले रुसमाथि जवाफी आक्रमण सुरु गरेको छ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसमाथि जवाफी आक्रमण सुरु गरेको बताएका छन ।

अहिलेसम्म रुससँग रक्षात्मक बनेको युक्रेनले आफ्नो भूमि फिर्ता गर्न ठूलाठूला प्रतिकारात्मक आक्रमण सुरु गरेको जेलेन्स्कीको भनाइ छ । पछिल्लो समय युक्रेनी सेना देशको पूर्वी भागमा रहेको बाख्मुत र दक्षिणमा जापोरिझियामा अगाडि बढिरहेको बताइएको छ ।।

प्रतिक्रिया दिनुहोस्