५ असोज- काठमाडौं, बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्। दुर्घटना आइतबार बिहान बालाजु बाइपासमा भएको हो । बा. ५ ख ५० नम्बरको बस पल्टिएर दुर्घटनामा परेको हो।
पल्टिएको बसलाई अहिले क्रेनको सहायतामा उठाइएको छ। दुर्घटनामा घाइते भएका यात्रुको स्थानीय अस्पतालमा उपचार भइ रहेको छ।
प्रतिक्रिया दिनुहोस्