अन्तर्वार्ता समाज

गाईगोरु, भेडा चराउन गएका यवकलाई भालुले गर्यौ आक्रमण

गाईगोरु, भेडा चराउन गएका यवकलाई भालुले गर्यौ आक्रमण

५ असोज – जुम्ला, भालुको आक्रमणबाट दुईजना युवक घाइते भएका छन्।

हिमा गाउँपालिका –५ बाझगाडको वन क्षेत्रमा भालुले आक्रमण गर्दा गोठाला गएका दुई युवक घाइते भएका हुन।


आक्रमणमा स्थानीय ३० वर्षीय हरिचन्द्र रोकाया र ३५ वर्षीय गणेश रोकाया घाइते भएका छन। घाइतेमध्ये हरिचन्द्रको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते रोकायालाई स्थानीय स्वास्थय संस्थामा प्राथमिक उपचारपछि थप उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको छ। उनीहरूलाई जंगलमा गाईबस्तु चराउँदै गर्दा भालुले आक्रमण गरेको हो। भालुको आक्रमणबाट गाईगोरु र भेडा पनि मरेका छन्।

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरू लोड हुँदैछन्…