३ असोज- काठमाडौं, लामो समयदेखि काम सम्पन्न नगरी आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीहरूको ठेक्का सरकारले तोड्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले यस्ता आयोजनाको सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढाएको हो।
काम नभएका आयोजनाको सूची तत्काल तयार पारेर पेस गर्न तीनै मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले सचिव तथा विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन्। तोकिएको समय र गुणस्तरमा आयोजना निर्माण सम्पन्न नहुँदा मुलुकले ठूलो आर्थिक क्षति बेहोर्नु परेको र नागरिकले पनि लाभ पाउनबाट वञ्चित भएको उहाँको भनाइ थियो।
हाल सिंचाइतर्फ राष्ट्रिय गौरवको सुनकोसी(मरिण डाइभर्सन, भौतिक पूर्वाधारतर्फ तीन सयभन्दा बढी सडक र एक सयभन्दा बढी पुल निर्माणका आयोजना अलपत्र अवस्थामा छन्।
प्रतिक्रिया दिनुहोस्