आज पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो

०२ असोज – काठमाडौं, बिहीवार आज पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीवार छापावाल सुन तोलामा २ लाख १५ हजार २ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य ९ सयले घटेको हो ।

हिजो बुधवार सुन तोलामा २ लाख १६ हजार १ रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज बिहीवार चाँदी २ हजार ५ सय २० रुपैयाँमै कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य हिजो बुधवार को तुलनामा ३० रुपैयाले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्