टिपरले ठक्करदिँदा मोटरसाइकल चालकको मृत्यु

३० भदौ- काठमाडौं, बनस्थलीमा टिपरले ठक्करदिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

 

बनस्थली चोकस्थित सडकमा नम्बर नखुलेको टिपरले बा ४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ललितपुरको सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका केसीको उपचारका क्रममा ललितपुरको ग्वार्कोस्थित बीन्डबी अस्पतालमा आज मृत्यु भएको हो । दुर्घटनापछि फरार टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्