कैलाली, टीकापुर सहित अवैध लागूऔषध कसुरमा विभिन्न स्थानबाट छ जना पक्राउ

झापा, बिर्तामोड नगरपालिका-४ स्थित थकाली खानाघरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्रामसहित सोही नगरपालिका-६ बस्ने २५ वर्षीय रबि चौधरी समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ म्याजिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २ मिलिग्रामसहित सोही उपमहानगरपालिका-१५ फारलाईन बस्ने २२ वर्षीय रबि बललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट हरियालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

कैलाली, टीकापु नगरपालिका-२ राजिपुरबाट अवैध लागूऔषध खैरो हेरोइन ९० मिलिग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय सियाराम चौधरी र सोही नगरपालिका-२ बिजयनगर बस्ने २१ वर्षीय सुरेश चौधरी रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्