कारागारबाट भागेका एक कैदी घरमा मृत भेटिए

२९ भदौ- कञ्चनपुर, कारागारबाट भागेका एक कैदी घरमा मृत भेटिएका छन्। उनि जऐन जी आन्दोलनका क्रममा भागेका हुन ।

 

बेलडाँडी गाउँपालिका–१ का २७ वर्षीय पदमराज भट्ट घरमा मृत भेटिएका छन। लागु औषध मुद्दामा उनि दुई वर्षदेखि कारागारमा सजाय काटि रहेका थिए। प्रहरीका अनुसार भट्ट ओछ्यानमै सुतेको अवस्थामा मृत भेटिएका हुन्।

अदालतले भट्टलाई लागु औषध मुद्दामा ५ वर्ष ६ महिना कैद सजाय तोकेको थियो। आन्दोलनकारी कारागार प्रवेश गरेपछि कारागारका चार सय ७९ मध्ये अधिकांश कैदीबन्दी भागेका थिए। भदौ २४ गते साँझ कैदीबन्दीहरू कारागारबाट भागेका हुन्।

प्रतिक्रिया दिनुहोस्