२९ भदौ- काठमाण्डौ, भाटभटेनी सुपर स्टोरमा ६ वटा शव भेटिएका छन् । शव काठमाण्डौको बौद्धमा रहेको भाटभटेनीमा भेटिएको हो ।
जलेको अवस्थामा हिजो पाँच वटा र अस्ति एउटा गरी छ वटा शव भेटिएका छन । ती शवको पहिचान खुल्न नसकेको र पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । जेन–जी आन्दोलनकाक्रममा भाटभटेनीमा आगजनी भएको थियो ।
प्रतिक्रिया दिनुहोस्