२९ भदौ – काठमाडौँ, रास्वपाले धाक-धम्की लुटपाटमा रास्वपा सदस्य कोही संलग्न भएको प्रमाण भेटिएमा प्रशासनलाई उपलब्ध गराउने बताएको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै पार्टीका सहमहामन्त्री एवम संगठन विभाग प्रमुख गणेश धिमालले जेनजी आन्दोलनका क्रममा धाक-धम्की लुटपाटमा रास्वपा सदस्य कोही संलग्न भएको प्रमाण भेटिएमा प्रशासनलाई उपलब्ध गराउन अनुरोध गर्दै आवश्यक कानूनी कारबाही गर्न सहयोग गर्ने बताएको छ ।
जेनजी आन्दोलनका क्रममा रास्वपाका कार्यकर्ताको व्यापक घुसपैठ भएरको तोडफोड र आगजनीमा संलग्न भएको आरोप आमरुपमा लागेपछि रास्वपाले यस्तो आग्रह गरेको हो ।
प्रतिक्रिया दिनुहोस्