सर्लाहीमा भरुवा बन्दुक बरामद

असार ३-सर्लाही, बाग्मती नगरपालिका-११ पशुपति सामुदायिक बनको बाँसघारी नजिकबाट बेबारिसे अवस्थामा भरुवा बन्दुक १ नाल सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

बाँसघारीमा भरुवा बन्दुक बेबारिसे अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्