आज सुनको मूल्य घटेको छ

२९ भदौ – काठमाडौं, आज आइतवार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतवार छापावाल सुन तोलामा २ लाख १५ हजार १ सय रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य ७ सयले घटेको हो ।

गतसाताको शुक्रवार सुन तोलामा २ लाख १५ हजार ८ रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज आइतवार चाँदी २ हजार ५ सय ७० रुपैयाँमै कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य गतसाताको शुक्रवारको तुलनामा ५ रुपैयाले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्