सेनाले २६८ नाल हतियारहरू बरामद गर्यो

२७ भदौ- काठमाडौँ, नेपाली सेनाले जेनजीको आन्दोलनको क्रममा प्रहरीबाट लुटिएको हतियार बरामद गरेको छ।


सिन्धुली जिल्लाको मरिन–४ स्थायी घर भएका एक व्यक्तिले आन्दोलनको दौरान नेपाल प्रहरीबाट लुटेको ९ मिमि चाइनिज पेस्तोल नाल–१ काठमाडौँस्थित डल्लु ईलाकामा खटिएको नेपाली सेनाको पेट्रोल टोलीलाई बुझाएको छ।

अहिलेसम्म विभिन्न स्थानहरुबाट २६८ नाल हतियारहरू बरामद भएको पनि सेनाले बताएको छ। नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले सार्वजनिक सूचना प्रकाशित गरी लुटिएका वा फेला पारेका हतियार सुरक्षा निकायलाई बुझाइदिन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्