२७ भदौ- दमक, काठमाडौंको एक कारागारबाट फरार भएकी एक कैदीबन्दीलाई झापामा प्रहरीले पक्राउ गरेको छ ।
झापा गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीकी ५० वर्षीया अञ्जली खातुन लागूऔषध ओसारपसार कसुरमा दोषी ठहरिएर काठमाडौँस्थित सुन्धारा कारागारमा सजाय भुक्तान गरिरहेकी थिएन ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौरीगञ्ज र इलाका प्रहरी कार्यालय गौरीगञ्जको संयुक्त गस्ती टोलीले गौरीगञ्ज–५ मलाहा टोलमा गस्ती गर्ने क्रममा भारततर्फ भाग्दै गरेको अवस्थामा खातुनलाई पक्राउ गरिएको हो ।
जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार भएकी खातुनलाई नियण्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्