सवारी दुर्घटनाबाट २ जनाको मृत्यु २ घाईते

पाँचथरको हिलिहाङ गाउँपालिका-७ स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन ।

मृत्यु हुनेमा स्थानिय कमल सुबेदीको छोरी १२ बर्षीया पुजना सुबेदी र १० बर्षीया गंगा सुबेदी रहेका छन । आज बिहान सवा ९ बजे हेवाखोलाबाट बालुवा बोकेर जोरपोखरी तर्फ जाँदै गरेको मे. १ त २९६१ नम्बरको ट्याक्टरमा चढेर बिध्यालय तर्फ जाँदै गरेको अवस्थामा ट्याक्टरबाट लड्दा चक्काले किची उनिहरुको मृत्यु भएको हो । घाईते भएका स्थानिय बिशाल बराईलीको ११ बर्षीया छोरी रेश्मा बराईली र गणेश अधिकारीको १० बर्षीया छोरी सोनिया अधिकारीको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको छ । दुर्घटनामा संलग्न ट्रयाक्टर र चालक कुम्मायक पाँचथरका प्रेम बहादुर कामीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ .

 

 

 

 

स्रोतः खबर ट्युब टिभी

प्रतिक्रिया दिनुहोस्