२७ भदौ- काठमाडौं, प्रधानमन्त्री नियुक्ति प्रक्रियामा राष्ट्रपति निवासमा आज बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम केही घण्टाका लागि सरेको छ । स्रोतका अनुसार अब अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्नेछ । राष्ट्रपतिले बिहीबार राति सेनाप्रमुखसहित प्रस्तावित प्रधानमन्त्री सुशीला कार्की तथा जेनजी प्रतिनिधिहरुसँग घनीभूत छलफल गरेका थिए । तर संविधान र संसदको विषयमा के गर्ने रु भन्नेबारेमा सहमति जुट्न सकेको छैन । यसले गर्दा अन्तरिम सरकारको गठनमा ढिलाई हुने भएको छ ।
सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री प्रस्ताव गरिएपनि संविधानले भने संसदको सदस्य नभएको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्न कल्पना गरेको छैन। अब सबै पक्षले आन्तरिक छलफल गर्ने भन्दै बैठक समय धकेलिएको हो ।
प्रतिक्रिया दिनुहोस्