लुटिएका हतियार तथा गोलीगट्ठा बुझाउन नेपाली सेनाले अनुरोध

२५ भदौ- काठमाडौं, लुटिएका हतियार तथा गोलीगट्ठा बुझाउन नेपाली सेनाले अनुरोध गरेको छ। प्रदर्शनको क्रममा लुटिएका हातहतियार, गोलीगट्ठा तथा सुरक्षा सामग्री सुरक्षा निकायलाई बुझाउन सेनाले अनुरोध गरेको हो।

हतियारको दुरूपयोग भएमा जनधनको क्षति समेत हुनसक्ने भन्दै सेनाले बुझाउन अनुरोध गरेको छ। त्यस्तै सुरक्षा निकायका पोशाकहरू पनि अनाधिकृत रूपमा प्रयोग नगर्न अनुरोध गरेको छ। हतियार तथा गोलीगट्ठा नबुझाई कसैसँग फेला पारेमा कानुन अनुसार कारबाही हुने समेत सेनाले चेतावनी दिएको छ।यसअघि सेनाले रातभरिबाट २७ जनालाई नियन्त्रणमा लिएको छ। त्यस्तै ३१ वटा हतियार तथा गोलिगट्ठा समेत बरामद गरेको छ।

बैंकबाट लुटिएको ३३ लाख ७० हजार नगद समेत बरामद भएको छ।

प्रतिक्रिया दिनुहोस्