२२ भदौ- सप्तरी, एक वृद्ध पुजारीको शङ्कास्पद मृत्यु भएको छ । उनको मृत्यु शनिबार साँझ कञ्चनरुप नगरपालिकामा भएको हो ।
नगरपालिका– ८ सुन्दरी पुल नजिकैको काली मन्दिरमा विगत ६र७ वर्षदेखि पुजारीको रुपमा बस्दै आएका उहाँको शङ्कास्पद मृत्यु भएको हो । अहिलेसम्म पुजारीको नामसमेत खुलेको छैन। ७५ वर्षीय पुजारी मन्दिर परिसरमै टाउकोमा चोट लागी घाइते अवस्थामा भेटिएका थिए ।
स्थानीयवासीहरूले उनलाई नगर अस्पताल कञ्चनपुर पुर्याए पनि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।मृतकको टाउकोमा चोट देखिएकाले आफैँ लडेको वा कसैले धक्का दिएर लडाएको बारे प्रहरीले अनुसन्धान थालिएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
गोरखापत्र
प्रतिक्रिया दिनुहोस्