२२ भदौ – बैतडी, नदी किनारमा एक किशोरी मृत फेला परेकी छन् । बैतडीको सुर्नया गाउँपालिका-५ मडकी १८ वर्षीय झरना दमाईको शव सुर्नया नदी किनारमा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार झरना शुक्रबार घरबाट ‘‘बजार जान्छु” भन्दै हिँडेकी थिइन् र त्यसयता बेपत्ता भएकी थिइन । उनको खोजीका लागि परिवारले प्रहरीलाई अनुरोध गरेका थिए । प्रहरी र स्थानीयको खोजी कार्यका क्रममा पाटन नगरपालिका–६ औजेउडास्थित सुर्नया नदी किनारमा उनको शव फेला परेको हो।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
-गोरखापत्र
प्रतिक्रिया दिनुहोस्