२२ भदौ- जुम्ला, आइतबार बिहान जिल्ला समन्वय समिति जुम्लाको परिसरभित्र सकेट बम भेटिएको छ ।
परिसरभित्र पर्खाल लगाउने क्रममा पुरानो खिया लागेको अवस्थामा सकेट बम भेटिएको हो ।
जिल्ला समन्य समितिभित्र सकेट बम भेटिएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी त्यहाँ पुगेर नेपाली सेनाको टोलीले बम निष्क्रिय गरेको छ । नेपाली सेना देवीदत्त गण जुम्लाबाट बम विस्फोटन टोली त्यहाँ पुगेर निष्क्रिय गरेको हो ।
सकेट बम युद्धकालको हुन सक्ने अनुमान गरिएको छ । वि।सं २०५८ साल कात्तिक २८ गते तत्कालीन विद्रोही नेकपा माओवादीले जुम्ला आक्रमण गरेको थियो । सोही समयको बम हुन सक्ने अनुमान गरिएको हो ।
गोरखापत्र
प्रतिक्रिया दिनुहोस्