जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

आसर १४-काठमाडौं,  कीर्तिपुर नगरपालिका-४ दुध पोखरीस्थित ४९ वर्षीय अजित बिष्टको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय मनोज बिष्टसहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार १ सय ८५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी कीर्तिपुर नगरपालिका-१ चाँदनी चोकस्थित माइला खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ ट्याङलाफाट डेरा गरी बस्ने नवलपरासी मध्यबिन्दु नगरपालिका-१५ घर भएका ३३ वर्षीय नबिन शर्मा डोटेलसहित ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार ४ सय ४५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 स्रोतः नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्