सुनको मूल्यको नयाँ कृर्तिमानी २ लाख १२ हजार पुग्यो

२२ भदौ – काठमाडौं, आज आइतवार नेपाली बजारमा सुनको मूल्यले भारी कृर्तिमानी कायम गरेको छ । साथै चाँदीको मूल्य पनि उच्चरुपले बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतवार  छापावाल सुन तोलामा २ लाख १२ हजार रुपैयाँ कायम भएको छ। आज सुनको मूल्य १६ सयले बढेको हो ।


गतसाताको शुक्रवार सुन तोलामा २ लाख १० हजार ४ रुपैयाँमा कारोवार भएको थियो ।

 

यस्तै आज शुक्रवार चाँदी २ हजार ५ सय रुपैयाँमै कारोवार भइरहेएको छ । आज चाँदीको मुल्य गतसातको शुक्रवारको तुलनामा १० रुपैयाले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्