बैंकिङ कसूर र ठगी मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौं, बैंकिङ कसूर र ठगी मुद्दाका प्रतिवादी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-३ दुवाकोट बस्ने २५ वर्षीय दिनेश सापकोटालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

बैंकिङ कसूर र ठगी सम्बन्धी कसूर मुद्दामा भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमती प्राप्त भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले भक्तपुर दुवाकोटबाट पक्राउ गरेको हो ।

 

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्